महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
खोटाङ । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ।
गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारेर सिम्पानी बजारमा आयोजना गरिएको महिला/पुरुष गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ इन्द्रेणीपोखरीलाई ३–१ ले हराउँदै लिकुवापोखरी र पुरुषतर्फ वाप्लुखालाई ३–१ ले नै हराउँदै सावाकटहरेले उपाधि जितेको हो।
गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता लिकुवापोखरी र सावाकटहरेले नगद रु ८१/८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा नं २ वाप्लुखाका वडाध्यक्ष पारस राईले जानकारी दिनुभयो । उपविजेता इन्द्रेणीपोखरी र वाप्लुखाले नगद रु ६१/६१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
चार दिनसम्म सञ्चालन भएको आठौँ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा महिलातर्फ सिम्पानी र वाप्लुखा तथा पुरुषतर्फ सिम्पानी र लिच्कीराम्चे सेमिफाइनलिष्ट बनेका छन् । प्रतियोगिताका सेमिफाइनलिष्ट चारवटै टोलीलाई नगद रु ३१/३१ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
आठौँ संस्करणको भलिबल प्रतियोगितामा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीमा लिकुवापोखरीकी आस्था राई, उत्कृष्ट स्पाईकरण् इन्द्रेणीपोखरीकी एनिशा राई, उत्कृष्ट लिफ्टर सिम्पानीकी तृष्णा राई घोषित हुनुभएको छ । यस्तै, पुरुषतर्फको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीमा सावाकटहरे जोसेप राई, उत्कृष्ट स्पाइकरमा लिकुवापोखरीका विशाल खड्का तथा उत्कृष्ट लिफ्टरमा सावाकटहरेका लोकराज खड्का घोषित भएका छन्।
प्रतियोगिता अवधिभरका अनुशासित टोलीमा महिलातर्फ सिम्पानी तथा पुरुषतर्फ लिच्कीराम्चे घोषित भएको छ । विद्यागत पुरस्कार विजेता खेलाडीले नगद रु तीन/तीन हजारको साथमा मेडल र प्रमाणपत्र तथा अनुशासित टोलीलाई नगद रु पाँच/पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको खोटेहाङ गाउँपालिकाका सूचना अधिकारी रोशन पौडेलले जानकारी दिए।
यही वैशाख–१२ गतेदेखि सुरु भएको अध्यक्ष कप भलिबल प्रतियोगिताका विजेता खेलाडीहरूलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले संयुक्तरूपमा पुस्कार वितरण गरेका छन्। आठौँ संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगितामा महिलातर्फ आठ तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।
खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष फरक–फरक वडामा आयोजना गरिँदै आएको भलिबल प्रतियोगितामा गत वर्षको उपाधिसमेत लिकुवापोखरी र सावाकटहरेले नै जितेको थियो । महिला/पुरुष भलिबल प्रतियोगितासँगै हरेक दिन विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनसहित गाउँपालिकाको नवौँ वार्षिक उत्सव चार दिनसम्म मनाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण