गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।
साेमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कार्यालयको उद्घाटन गर्दै यहाँ कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले नागरिकलाई सहज होस् भनेर सरकारले ईलाका प्रशासन कार्यालय स्थापना गरेकाले सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिए।
कार्यक्रममा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायतलगायतको उपस्थिति रहेको थियो।
यसअघि दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सेवा लिन महँगो खर्च गर्दै खलङ्गा पुग्नुपर्ने अवस्था थियो ।
स्थानीय तह, राजनीतिक दल तथा नागरिकको मागअनुसार सरकारले सेवा सहज बनाउन ईलाका प्रशासन कार्यालय स्थापना गरेको हो । यसबाट शैल्यशिखरसहित अपि हिमाल, नौगाड र मार्मा गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण