बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते

सोमबार, २१ साउन २०७५, ०९ : ५२
सोमबार, २१ साउन २०७५

तुलसीपुर । दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् । 

आइतबार भएको दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । 

घाइते मध्ये गम्भिर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी  ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा, तुलसीपुर उपमहानगरपालिका – १५ डुरुवा  निवासी २२ बर्षकी प्रतिभा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने बर्ष २२ का दीपक दर्लामी र उनकी श्रीमती कृष्णा पौडेललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । 
उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो । 

त्यसैगरी अन्य घाइतेहरु तुलसीपुर उपमहानगरपालिका– ७ वसन्तपुरका मिनबहादुर वली, शानितनगर गाउँपालिका– २ बस्ने ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका निवासी ६५ वर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ वर्षका सुवाश चौधरी, तुलसीपुर उपमहानगरपालिका – ८ निवासी ५० वर्षकी बिमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका , ५  बसर्पाक निवासी ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही उपमहागनरपालिका – १९  निवासी  विजय बुढा, सोही ठाउँकी ५१ बर्षीय ज्योति बुढाको राप्ती अञ्चल अस्पतलामा उपचार पछि डस्चार्ज गरिएको प्रहरीले बताएको छ । 

धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको बसलाई तुलसीपुर – घोराही सडक खण्ड अन्र्तगत  ग्वारखोलामा आएको बाढीले वगाएको थियो । 

बसमा रहेका यात्रलाई नेपाल प्रहरी, स्थानीय बासीले  उद्धार गरेका थिए । बसमा १८ जना यात्रु सवार रहेको पहरीले बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप