रजनीकान्तको बायोपिक बनाउँदै साजिद

काठमाडौँ । सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बन्ने भएको छ । बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन् । जसका लागि उनले रजनीकान्तसँग सम्झौता गरेर बायोपिकको अधिकार आफूले लिइसकेका छन् ।
साजिद निकट स्रोतका अनुसार उनी रजनीकान्तका ठुलो फ्यान हुन् । ‘धेरै कमलाई मात्र थाहा छ कि साजिद रजनीकान्तको अभिनयको ठुलो फ्यान मात्र होइनन्, रजनीकान्तको व्यक्तित्वको पनि फ्यान हुन् । उनको बुझाइमा रजनीकान्तको बस कन्डक्टरदेखि सुपरस्टारसम्मको यात्राको कथा विश्वले हेर्न लायक छ । साजिदले अहिले आफैँ स्क्रिप्ट हेरिरहेका छन् र फिल्मका लागि दर्शक कसरी ल्याउने भन्ने तयारी पनि गरिरहेका छन्,’ स्रोतले भनेको छ ।
साजिद फिल्मका लागि केही महिना यता रजनीकान्त र उनको परिवारको अनुमति लिनका प्रयासरत थिए । बायोपिकको काम सन् २०२५ बाट सुरु हुनेछ । फिल्मको स्क्रिप्ट फाइनल भइसकेपछि कास्टिङको काम सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा