बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एफएनसीसीआई एसोसिएटको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

बुधबार, २३ वैशाख २०८३, १४ : २१
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् ।
  • पाण्डेले प्रतिस्पर्धी उम्मेदवार ज्योत्स्ना श्रेष्ठलाई १ हजार ७९ मत ल्याएर पछि पारे ।
  • योसँगै महासंघ महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएको छ ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा पाण्डेले प्रतिस्पर्धी उम्मेदवार ज्योत्स्ना श्रेष्ठलाई पछि पार्दै पाण्डे उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत मात्रै प्राप्त गरिन् । पाण्डे नयाँ अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट उम्मेदवार थिए । 

यसअघि जिल्ला–नगर तथा वस्तुगत र महिलातर्फका उपाध्यक्षको टुंगो लागिसकेको छ । जिल्ला नगरतर्फबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ, वस्तुगततर्फ नरेशलाल श्रेष्ठ र महिलातर्फ गीता अमात्य उपाध्यक्षमा निर्वाचित भएका छन् । 

यसमध्ये जिल्ला–नगरतर्फका दुवै निर्वाचित उपाध्यक्ष अञ्जन श्रेष्ठ प्यानलका हुन् भने वस्तुगत र महिला उपाध्यक्ष हेमराज ढकाल समूहका हुन् ।

योसँगै महासंघ महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएको छ । नयाँ कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन छुट्टै गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप