पाँच वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ
बिहीबार, २४ वैशाख २०८३, १० : ५८
सारांश
- ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका ४४ वर्षीय प्रेम मगरलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।
- इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले मगरलाई बुधबार पक्राउ गरेको हो ।
- फैसला कार्यान्वयनका लागि मगरलाई उदयपुर जिल्ला अदालतमा बुझाइने तयारी छ ।
उदयपुर । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
४४ वर्षीय प्रेम मगरलाई बुधबार पक्राउ गरिएको हो । मगरलाई उदयपुर जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत बुझाउने तयारी भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण