आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रोल्पामा महिलामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

बिहीबार, २४ वैशाख २०८३, १७ : २४
बिहीबार, २४ वैशाख २०८३

रोल्पा । रोल्पामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सामूहिक करणी भएको उजुरीका आधारमा उनीहरूलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तीदमारका ४४ वर्षीय धिरज भनिने धन बहादुर कामी, कैलालीको लम्कीचुहा गाउँपालिका–२ बलचौर बस्ने २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन्।

प्रहरीका अनुसार ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी टोलीले खोजी गरी उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ परेका तीनै जनालाई अहिले हिरासतमा राखी थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप