घ्यू कुमारी कि ग्लिसरिन ? चम्किलो छालाको लागि कुन हो उत्तम ?
सारांश
- कोरियन ग्लास स्किनको ट्रेन्डले गर्दा मानिसहरू महँगो उत्पादनहरूको सहारा लिन्छन्, तर घ्यू कुमारी र ग्लिसरीन दुई पुरानो र विश्वसनीय विकल्प हुन् ।
- घ्यू कुमारीले छालालाई हाइड्रेट गर्छ, जलन र रातोपन कम गर्छ, र सेलिसिलिक एसिडले छिद्रहरू सफा गरी डन्डीफोर घटाउँछ, जुन चिल्लो वा संवेदनशील छालाको लागि उपयुक्त छ ।
- ग्लिसरीन एक ह्युमेक्टेन्ट हो जसले छालाको सुख्खापन हटाउँछ र अवरोध बलियो बनाउँछ, तत्काल चमक र प्लम्प लुकको लागि फाइदाजनक छ, र यसलाई गुलाबजल वा पानीसँग मिसाएर प्रयोग गर्न सकिन्छ ।
काठमाडौं । अचेल कोरियन ग्लास स्किन वा ऐना जस्तै चम्किलो र बेदाग छालाको ट्रेन्ड छ । सबै जना मेकअप नलगाईकनै आफ्नो अनुहार चम्किलो बनाउन चाहन्छन् । यो चमक प्राप्त गर्न मानिसहरू महँगो उत्पादनहरूको सहारा लिन्छन् ।
तर यस सौन्दर्यको संसारमा, दुई पुरानो र सबैभन्दा विश्वसनीय विकल्पहरू छन्: घ्यू कुमारीको जेल र ग्लिसरीन । घ्यू कुमारीले शीतल गराउँछ । ग्लिसरीनले छालामा ओसिलोपनमा लक गरेर राख्छ । तर जब ग्लास स्किनको कुरा आउँछ, यी दुई मध्ये कुन बढी प्रभावकारी छ भनेर बुझ्न जरुरी छ ।
घ्यू कुमारी:
संवेदनशील छालाको लागि घ्यू कुमारी लाभदायक छ । यो भिटामिन र एन्टिअक्सिडेन्टको खजाना हो । यसले छालालाई हाइड्रेट गर्छ र जलन अनि रातोपन कम गर्न मद्दत गर्छ । यसमा रहेको सेलिसिलिक एसिडले छिद्रहरू सफा गर्न, डन्डीफोर र बिबिरा कम गर्न अनि छालालाई चिल्लो राख्न मद्दत गर्छ । यदि तपाईंको छाला चिल्लो वा संवेदनशील छ भने घ्यू कुमारी लाइटवेट अप्सन हो । जसले तपाईंको अनुहारलाई भारी महसुस गराउँदैन ।
ग्लिसरीनः
ग्लिसरीन एक उत्कृष्ट ह्युमेक्टेन्ट हो जसले हावाबाट ओसिलोपन तान्छ र छालामा भर्छ । ग्लिसरीनले छालाको अवरोधलाई बलियो बनाउँछ र सुख्खापन हटाउँछ । ग्लिसिरिन धेरै बाक्लो हुने भएकोले यसलाई गुलाबजल वा पानीसँग मिसाउनु पर्छ ।
ग्लास स्किनको लागि कुन राम्रो हुन्छ ?
छालाको लागि एलोभेरा र ग्लिसरीन दुवै धेरै फाइदाजनक छन् । तर कुन छनौट गर्ने भन्ने कुरा तपाईंको छालाको प्रकारमा निर्भर गर्दछ । यदि तपाईं तत्काल चमक र प्लम्प लुक चाहनुहुन्छ भने ग्लिसरीन बढी फाइदाजनक छ । यसले छालाको माथिल्लो तहलाई गहिरो रूपमा हाइड्रेट गर्छ । यद्यपि, यदि तपाईं आफ्नो छालालाई शीतल राख्न र मर्मत गर्न चाहनुहुन्छ भने एलोभेरा प्रयोग गर्न सक्नुहुन्छ । सौन्दर्य विज्ञहरूले यी दुईलाई एकसाथ लगाउनु ग्लास स्किनको लागि लाभदायक हुन सक्ने सुझाव दिन्छन् ।
घामबाट सुरक्षा महत्त्वपूर्ण:
एलोभेरामा घामले पोलेको जलन निको पार्ने क्षमता हुन्छ, जसले गर्दा यो गर्मीको लागि उपयुक्त हुन्छ । एलोभेराले छालालाई कोषहरू छिटो बनाउन मद्दत गर्ने अनि यसले गर्दा दागहरू हल्का हुने विज्ञहरु भन्छन् । यसको विपरित, ग्लिसरीनले छालालाई फुट्नबाट रोक्छ र चिसो मौसममा पनि नरम राख्छ । राम्रो चमक पाउन आफ्नो नाइट क्रिममा ग्लिसरिनको केही थोपमा थप्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण