शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौंबाट धनगढी आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते (नामावलीसहित)

सोमबार, २८ वैशाख २०८३, १६ : ५५
सोमबार, २८ वैशाख २०८३

सारांश

  • काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुवाहक बस कैलालीको चिसापानी नजिक दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।
  • घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् ।
  • घाइतेहरूको स्थानीय अस्पताल तथा क्लिनिकहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धनगढी । काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुवाहक बस कैलालीको चिसापानी क्षेत्र नजिकै दुर्घटना भएको छ । सोमबार भएको उक्त दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । 

घाइतेहरूको स्थानीय अस्पताल तथा क्लिनिकहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नामावली

१) उर्मिला भट्ट (३० वर्ष): भागेश्वर गाउँपालिका-४, डडेल्धुरा । दुवै हात र खुट्टामा चोट, अवस्था मध्यम ।
२) निलम भट्ट (३६ वर्ष): ठेगाना स्पष्ट नभएको, अनुहारमा चोट, अवस्था मध्यम ।
३) भक्त बहादुर धामी (३२ वर्ष): केदारस्यु गाउँपालिका-५, बझाङ । दाहिने हात र खुट्टामा चोट, अवस्था मध्यम ।
४) रमिता बिष्ट (२५ वर्ष): भीमदत्त नगरपालिका-७, कञ्चनपुर । कम्मरको भागमा चोट, अवस्था सामान्य ।
५) लक्ष्मी बोहरा (२२ वर्ष): घोडाघोडी नगरपालिका-३, कैलाली । अवस्था सामान्य ।
६) जिवन रावल (१९ वर्ष): लम्कीचुहा नगरपालिका-१, कैलाली । बायाँ खुट्टा र गालामा चोट, अवस्था सामान्य ।
७) चेत राज जोशी (३२ वर्ष): अमरगढी नगरपालिका-९, डडेल्धुरा । बायाँ हातको कुइना र हत्केलामा चोट, अवस्था सामान्य ।
८) नरेन्द्र नाथ (३० वर्ष): धनगढी उप-महानगरपालिका-३, कैलाली । सामान्य चोट ।
९) विशाल मगर (२२ वर्ष): टीकापुर नगरपालिका-१, कैलाली । अवस्था सामान्य ।
१०) राजेश जोशी (१८ वर्ष): मष्टा गाउँपालिका-४, बझाङ । पिठ्युँमा चोट, अवस्था सामान्य ।
११) युवराज दास (१९ वर्ष): साँफेबगर नगरपालिका-११, अछाम । अवस्था सामान्य ।
१२) दिनेश धामी (१७ वर्ष): मेल्लेख गाउँपालिका-१, अछाम । अवस्था सामान्य ।
१३) लक्ष्मी खत्री (१९ वर्ष): रामारोशन गाउँपालिका-३, अछाम । दुवै खुट्टामा चोट, अवस्था मध्यम ।
१४) अनिल सिंह नायक (२६ वर्ष): मेलौली नगरपालिका-१, बैतडी । अवस्था सामान्य ।
१५) सन्तोष मल्ल (२३ वर्ष - चालक): अजयमेरु गाउँपालिका-३, डडेल्धुरा । हात-खुट्टाका औँला र गर्धनमा चोट, अवस्था मध्यम ।
१६) अमृता खड्का (३६ वर्ष): ठाकुरबाबा नगरपालिका-९, बर्दिया । टाउकोमा चोट, अवस्था मध्यम ।
१७) रिता खत्री (४० वर्ष): ठेगाना स्पष्ट नभएको, दुवै खुट्टामा चोट, अवस्था मध्यम ।
१८) देवी खड्का (५४ वर्ष): ठेगाना स्पष्ट नभएको, दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
१९) केशव नेपाली (२५ वर्ष): खप्तडछेडेदह गाउँपालिका-१, बाजुरा । दुवै हातको कुममा चोट, अवस्था मध्यम ।
२०) सुरज टमटा (४२ वर्ष): लम्कीचुहा नगरपालिका-८, कैलाली । दुवै हात र खुट्टामा चोट, अवस्था मध्यम ।
२१) मनोज भट्ट (३१ वर्ष): भीमदत्त नगरपालिका-१७, कञ्चनपुर । बायाँ हातमा चोट, अवस्था मध्यम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप