कर्णालीमा अब कांग्रेस नेतृत्वको सरकार गठन गर्नुपर्छ : गगन थापा
सोमबार, २८ वैशाख २०८३, १७ : ४७
सुर्खेत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने बताएका छन्। सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले तत्कालीन अवस्थामा कांग्रेस–एमालेबिच भएको गठबन्धनको सहमति अनुसार कर्णालीमा अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए।
यहाँ ०८१ साउनदेखि कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन्। ‘अब हामीले नेतृत्व गर्ने बेला आएको छ,’ थापाले भने।
कांग्रेस प्रदेश कमिटीले पनि यसअघि नै सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरिसकेको छ । तर संसदीय दलका नेता जीवनबहादुर शाहीले त्यसबारे खासै अग्रसरता देखाएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण