प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र नदिए अदालत जाने नेफ्टाको चेतावनी
सारांश
- चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकहरूको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।
- पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक र मानसिक दबाबमा परेको र उनीहरूको मेहनतअनुसार पारिश्रमिक नबढेको संघले जनाएको छ ।
- तोकिएको समयभित्र माग पूरा नभए छायाङ्कन रोक्ने, निर्मातालाई ब्ल्याकलिस्ट गर्ने र श्रम अदालतमा मुद्दा दायर गर्ने नेफ्टाको चेतावनी छ ।
काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकहरूको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै समयमै पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक र मानसिक दबाबमा परेको बताएको हो ।
‘कलाकारको पारिश्रमिक र बजार बढे पनि प्राविधिकको मेहनतअनुसार पारिश्रमिक नबढेको र धेरैजसोले महिनौँसम्म रकम नपाउने अवस्था छ’, संघको विज्ञप्तिमा भनिएको छ ‘यस्तो प्रवृत्तिले उद्योगभित्र श्रमिकमाथिको अन्याय बढाएको छ ।’
संघले हाल विभिन्न चलचित्रमा काम गरेका प्राविधिकको बाँकी पारिश्रमिक विज्ञप्ति जारी भएको मितिले ९ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न माग गरेको हो । साथै बजारको महँगी र श्रमको मूल्यअनुसार प्राविधिकको पारिश्रमिक पुनरावलोकन गरी समयमै भुक्तानी सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।
तोकिएको समयभित्र माग पूरा नभए बाँकी रकम रहेका चलचित्रको छायाङ्कन तथा प्राविधिक काम तत्काल रोक्ने र पारिश्रमिक नदिने निर्माता र निर्माण कम्पनीलाई सार्वजनिक रूपमा ‘ब्ल्याकलिस्ट’ गर्ने तथा आवश्यक परे श्रम अदालतमा कानुनी उपचार खोजिने संघले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण