बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

बुधबार, ३० वैशाख २०८३, १५ : १८
बुधबार, ३० वैशाख २०८३

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो । फरार चालकको खोजी जारी छ । गोठमा आंशिक क्षति भए पनि पशुचौपायाको क्षति भएको छैन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप