कांग्रेस उपसभापति शर्माको रविलाई प्रश्न, ‘के हुँदैछ मित्र यस्तो ?’
सारांश
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
- उनले प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछानेलाई मेन्सन गर्दै संसदीय पद्धतिको मर्यादा र नागरिकमा छरिएको निराशाबारे चिन्ता व्यक्त गरेका छन्।
- शर्माले फागुन २१ गतेको विश्वासको वातावरण भत्किँदै गएको र यसले प्रणाली र देशको हित नहुने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीलाई लिएर प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय पद्धतिको मर्यादा र नागरिकमा छरेको निराशाका बारेमा सजग गराएका हुन्।
उपसभापति शर्माले सभापति रवि लामिछानेलाई मेन्सन गर्दै प्रधानमन्त्री बालेन्द्र साह ‘उहाँको समन्वयमा हुनुहुन्छ कि हुनुहुन्न ?’ भनी प्रश्न गरेका छन्। संसदीय पद्धति आफैँ सुन्दर नबन्ने र यो पूर्णतः राजनीतिक नेतृत्वको व्यवहारमा निर्भर हुने शर्माको तर्क छ। उनले गत फागुन २१ गते विकसित भएको राजनीतिक विश्वासको वातावरण भत्किँदै गएको र यसले नागरिकमा निराशा पैदा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ प्रधानमन्त्री ? संसदीय पद्धति आफैँ सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो व्यवहारमा। फागुन २१ को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुन सक्दैन ! सजग बन्नुस् र बनाउनुस्। पूर्वाग्रहबिना खुला सुझाव !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण