जुम्लाका स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा
जुम्ला । जुम्लाका ८ वटा स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठी चौर गाउँपालिकाले एक कार्यक्रमका बिच एकसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए ।
पालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना पालिका घोषणा गर्दै उपप्रमुख रामदेवी खड्काले खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।
हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतका अनुसार गाउँपालिकाका सबै वडाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्ण खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जानकारी दिए ।
त्यसैगरी, गुठी चौर, सिञ्जा, तिला गाउँपालिकाले पालिकाभित्रका सबै बालबालिकाले खोप प्राप्त गरेसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण