जनकपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
जनकपुरधाम । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ ।
शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो । जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो ।
सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरूको बाजागाजासहित पद यात्रा गरिएको हो ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ । यात्रामा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण