पाल्पा जिल्ला पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
सारांश
- पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
- मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष प्राथमिकता दिइने जानकारी दिए ।
बुटवल । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज आयोजित कार्यक्रममा पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँ रहेको मिसन अस्पताल, मेडिकल कलेज तथा जिल्ला अस्पतालमार्फत सरकारी र निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताए ।
पाल्पा जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा विगतदेखि नै छलफल हुँदै आएको उल्लेख गर्दै उनले संघीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण प्रक्रिया केही जटिल बनेको बताए । स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष प्राथमिकता दिइने जानकारी दिँदै उनले प्रदेशभित्रै विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । साथै लुम्बिनी प्रादेशिक अस्पताल लाई सुविधा सम्पन्न बनाउनेगरी सरकारले लगानी गरिरहेको स्पष्ट पारे ।
पूर्णखोप तथा संस्थागत प्रसुति सेवाको उपलब्धीलाई दिगो बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने उनले बताए । गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टरलाई व्यवस्थित गर्दै आवश्यकताअनुसार मर्ज गरेर सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै उनले सेवा अवधिपछि विदाइ हुँदा सम्मानस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए । सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम सारू लगायतले प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण