ताप्लेजुङ पूर्ण खोप सुनिश्चित घोषणा
सारांश
- ताप्लेजुङ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ।
- सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने खोप लगाइएको छ।
- स्वास्थ्य कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गरेको छ।
ताप्लेजुङ । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
९ स्थानीय तह रहेका जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भएसँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका जन्मेदेखि ११ महिनासम्मका एक हजार १२२ जना, १२ महिनादेखि १५ महिनासम्मका ४७५ जना, १६ महिनादेखि २३ महिनासम्मका ९४३ जना र २४ देखि ५९ महिनासम्मका चार हजार २४६ बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण