शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

आइतबार, १० जेठ २०८३, ०० : ००
आइतबार, १० जेठ २०८३

सारांश

  • तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ।
  • पुलको करिब ४०-४५ प्रतिशत काम सम्पन्न भएको थियो।
  • निर्माण कम्पनीले रु २२ करोडभन्दा बढी लागतमा काम गरिरहेको थियो।

ताप्लेजुङ । तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो ।

करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म करिब ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको थियो । एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बाढीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए ।

गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर आज स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा रु २२ करोड पाँच लाख ७७ हजार ८९० लागतमा पुल निर्माणको सम्झौता गरेर काम गरिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप