शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

मङ्गलबार, १२ जेठ २०८३, ०९ : ०५
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • रौतहटमा झगडा छुट्टाउने क्रममा धकेल्दा ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको छ ।
  • प्रहरीले झगडा छुट्टाउने क्रममा सुवेदीलाई धकेल्ने विमल मोक्तानलाई पक्राउ गरेको छ ।
  • यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

झगडा छुट्टाउने क्रममा सुवेदीलाई धकेल्ने बारा निजगढ नगरपालिका–६ घर भएका ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप