शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिपरको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

बिहीबार, १४ जेठ २०८३, १३ : ५५
बिहीबार, १४ जेठ २०८३

सारांश

  • सुर्खेतमा टिपरको ठक्करबाट भेरीगंगा नगरपालिका– २ का २३ वर्षीय कमल वलीको मृत्यु भएको छ ।
  • कालपानीस्थित भित्री सडक खण्डमा पैदल हिँडिरहेका वलीलाई क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
  • प्रहरीले टिपर र चालक मानबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

सुर्खेत । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका– २ का २३ वर्षीय कमल वली रहेको छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्र मगराठी अनुसार गएराति कालपानीस्थित भित्री सडक खण्डमाको भित्री सडक खण्डमा उक्त घटना घटेको हो।

कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले  पैदल वलीलाई ठक्कर दिएको थियो। 

दुर्घटनालगत्तै घाइते वलीलाई उनका बुबा दलबहादुर वलीले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याए  । वलीको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको मगराठीले बताए।

उनकाअनुसार प्रहरीले टिपर र चालक वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय मानबहादुर चौधरीलाई सत्तरीबाट नियन्त्रणमा लिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप