प्रेमीसँग बिहे गर्न माग गर्दै किशोरी टावरमा चढेपछि...
बुटवल । प्रेमीसँग नै विवाह गर्नुपर्ने माग राख्दै बाँकेकी एक किशोरी मोबाइल टावरमा चढेकी छन्।
बाँकेको डुडुवा गाउँपालिका–१ उचुवा सन्तलियाकी १८ वर्षीया सफिक निषाले प्रेम सम्बन्ध घरपरिवारले स्वीकार नगरेपछि मोबाइल टावरमा चढेकी हुन् । घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।
बुधबार दिउँसो भएको उक्त घटनामा किशोरीले आफ्नो प्रेमीलाई बोलाएपछि मात्रै तल झर्ने अडान लिएकी थिइन्।
इलाका प्रहरी कार्यालय बेतहनी र जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले सम्झाउने प्रयास गरे पनि उनी आफ्नो मागमा अडिग रहेकी थिइन्।
किशोरीको घर वडा नम्बर १ मा भए पनि उनी वडा नम्बर २ को जाफरपुर्वा गाउँस्थित मोबाइल टावरमा चढेकी थिइन्। वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद बर्माले प्रेम सम्बन्धकै विषयमा किशोरी टावरमा चढेको जानकारी आएको बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले किशोरीका आफन्तलाई बोलाएर सम्झाइबुझाइ गरिएको जानकारी दिए।
स्थानीयका अनुसार किशोरीको आफ्नै गाउँका एक युवकसँग प्रेम सम्बन्ध थियो। दुवै मुस्लिम समुदायका भए पनि परिवारले उक्त सम्बन्ध स्वीकार नगरेको बताइएको छ।
घटनामा संलग्न युवकको नाम भने सार्वजनिक गरिएको छैन। लामो समयको सम्झाइबुझाइपछि किशोरीलाई सुरक्षित रूपमा टावरबाट तल झारिएको थियो। त्यसपछि प्रहरीले थप सोधपुछ गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण