शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

१९ लाख बढी मूल्यको फर्सीको बीउ बरामद

मङ्गलबार, १९ जेठ २०८३, २३ : २५
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • सिरहा प्रहरीले करिब १९.६ लाखको अवैध फर्सीको बीउ बरामद गर्‍यो।
  • नेपालबाट भारततर्फ निकासी गर्न लागिएको बीउ हरिदेव दासको घरबाट फेला पर्यो।
  • बरामद बीउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रुपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाई छिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।

विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो । नीज दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त फर्सीको बीउको कुल मूल्याङ्कन रु १९ लाख ६० हजार रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद सामानलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप