बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई

बिहीबार, २१ जेठ २०८३, १८ : ४१
बिहीबार, २१ जेठ २०८३

काठमाडौँ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीद्वारा आयोजित साताव्यापी अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजले जितेको छ। 

उपत्यकाका २५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेलमा न्याथम कलेजलाई पराजित गर्दै गोल्डेन गेट प्रथम हुन सफल भएको हो।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ट्रफीसहित ५० हजार रुपैयाँ नगद र दोस्रो हुने टोलीलाई ट्रफी तथा मेडलसहित २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो। 

अनेरास्ववियुका केन्द्रीय उपमहासचिव कमल जोशीको प्रमुख आतिथ्यतामा एक भव्य समारोहकाबिच कार्यक्रमको समापन तथा पुरस्कार वितरण सम्पन्न भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप