मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
विराटनगर । नेपाली कांग्रेस मोरङको जिल्ला पार्टी कार्यालयमा क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। सोही क्रममा पार्टीकी सह–महामन्त्री डीला संग्रौला सहभागी बैठकमा कार्यकर्ताहरूले उनीविरुद्ध चर्को नाराबाजी गरेका छन्।
कांग्रेस विराटनगर सभापति दीपक चापागाईँले बैठकमा सदस्यता अद्यावधिको विषयमा कुरा नमिल्दा ‘चर्काचर्की’ भएको बताए । नगर सभापति चापागाईँका अनुसार वडा सभापतिहरूको जिम्मेवारी खोसिएर अर्कै मानिसलाई सदस्यता नवीकरण गर्न दिएको विषयमा वडाध्यक्षहरूले आक्रोश व्यक्त गरेका थिए । ‘गर्छु भन्दाभन्दै कतिपयलाई हटाइयो भने कतिपयको ठाउँमा अर्को व्यक्तिलाई राखियो, त्यही आक्रोश साथीहरूले व्यक्त गरेका हुन्,’ चापागाईँले भने।
जिल्ला कार्यसमितिले आयोजना गरेको उक्त बैठकमा मोरङका विभिन्न पालिका, क्षेत्र र प्रदेशका पदाधिकारीहरूलाई बोलाइएको थियो। क्रियाशील सदस्यता कति अद्यावधिक भयो र कति बाँकी छ भन्ने समीक्षा गर्न बोलाइएको बैठक कार्यकर्ताको विरोधका कारण प्रभावित भएको छ।
कार्यक्रममा मुठभेड वा कुटपिट नभए पनि स्थिति तनावपूर्ण बनेको थियो र प्रश्नोत्तरका क्रममा चर्काचर्की भएको थियो। सह–महामन्त्री संग्रौला अहिले विराटनगरमै रहेको र पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि छलफलहरू भइरहेको बताइएको छ।
जिल्ला कार्यसमितिको बैठकमा देखिएको यो विवादले नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र सदस्यता वितरणमा देखिएको असन्तुष्टिलाई पुनः सतहमा ल्याइदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण