‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
सारांश
- अभिनेता माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने भएको छ ।
- बेलायतमा सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले फिल्म प्रदर्शनको अधिकार लिएका छन् ।
- नेपालमा भदौ २६ गते रिलिज हुने यो फिल्म भूतपूर्व लाहुरेको कथामा आधारित छ ।
काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने भएको छ । फिल्म बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले प्रदर्शन अधिकार लिएको निर्माण युनिटले जनाएको छ ।
नेपालमा आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको फिल्म बेलायत र हङकङको प्रदर्शन मिति भने फिक्स भएको छैन । फिल्मका लेखक समेत रहेका निर्देशक गुरुङले फिल्मको माग अन्य देशका लागि पनि आएको बताए ।
राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतीक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको फिल्म माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
भूतपूर्व लाहुरेको कथामा बनेको मिन कोन्मे गुरुङ (युके), भोजबहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको छ । सुशन प्रजापतिले छायाङ्कन गरेको फिल्ममा कियर कोइचको सम्पादन छ । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण