आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’

आइतबार, २४ जेठ २०८३, १४ : ४१
आइतबार, २४ जेठ २०८३

सारांश

  • हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो अमेरिका यात्रा बाध्यता भएको बताएकी छन् ।
  • उनले विगतको कठिन परिस्थितिका कारण बाध्य भएर बाहिरिनु परेको र विगतका दिनहरू सम्झँदै आज पनि डाँको छोडेर रुने गरेको बताएकी छन् ।
  • उनले आफ्ना पति सीताराम कट्टेल 'धुर्मुस' न्यायको खोजीमा नेपाल फर्किएको र नकारात्मक आलोचना वा असहयोग गर्नुको सट्टा सकारात्मक साथ दिन आग्रह गरेकी छन् ।

काठमाडौँ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो अमेरिका यात्रा बाध्यता भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक भावुक स्टाटस् पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।

आफ्ना पति सीताराम कट्टेल (धुर्मुस) नेपाल फर्किएकोमा साथ दिन अनुरोध गर्दै उनले विगतको कठिन परिस्थितिका कारण बाध्य भएर बाहिरिनु परेको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गर्दै उनले लेखेकी छन्– ‘भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सिएर बाँच्न सकिन, मरेर न्याय पाइँदैन, जसरी हुन्छ जिउनुपर्छ भनेर सबैसँग चित्त दुखेर हिँडेको ।’

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियान सुरु गरेपछि धुर्मुस–सुन्तली फाउन्डेसन ऋण र विभिन्न विवादमा तानिएको थियो । आर्थिक भार र चौतर्फी आलोचनाका कारण यो जोडीले मानसिक तनाव झेल्दै आएको थियो ।

विगतका दिनहरू सम्झँदै घिमिरेले लेखेकी छन्– ‘जति पटक यो फोटो हेर्छु आज पनि डाँको छोडेर रुन्छु ।’

उनले आफ्ना पति सीताराम कट्टेल ‘धुर्मुस’ अहिले न्यायको खोजीमा नेपाल फर्किएको बताउँदै नकारात्मक आलोचना वा असहयोग गर्नुको सट्टा सकारात्मक साथ दिन सबैलाई आग्रह गरेकी छन् ।

‘मेरो धुर्मुस न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस् बिन्ती’, उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप