मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दीका बीच मैदान छोडेर भाग्नेहरूप्रति कुनै टिप्पणी नरहेको बताएका छन् ।
- उनले केहीले पार्टी छाडे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने र पछिल्लो चुनावमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा कायमै रहेको उल्लेख गरे ।
- अध्यक्ष लिङ्देनले देशलाई विकल्प दिन राप्रपा मात्रै एक पार्टी भएको र मुलुक हाँक्न उमेरले कुनै प्रभाव नपार्ने धारणा राखे ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् ।
शनिबार काठमाडौँ आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशी विदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन् ।
उनले केहिले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गरे । पछिल्लो चुनावमा विघटित संसदमा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीको रूपमा कायमै रहेको उनले बताए ।
अध्यक्ष लिङ्देनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर काङ्ग्रेस कम्युनिस्टहरू जस्तै भए देशलाई विकल्प दिन एक मात्र पार्टी राप्रपा मात्रै भएको धारणा राखे । उनले युवा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा नै भएकाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको बताए ।
साथै उनले संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति भएको भन्दै मुलुक हाँक्न उमेरले कुनै प्रभाव नपार्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण