ब्राउन सुगरसहित दुई जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई एक ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण