शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

फेसियल हाउसको नयाँ शाखा सीतापाइलामा

शनिबार, १३ असार २०८३, १९ : ५२
शनिबार, १३ असार २०८३

सारांश

  • सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले राजधानीको सीतापाइलामा आफ्नो १२औँ शाखा सञ्चालनमा ल्याएको छ ।
  • सीतापाइलामा शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई अब टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने संस्थापक सुश्मा महराले बताइन् ।
  • फेसियल हाउसले आधुनिक प्रविधिमा आधारित सौन्दर्य तथा स्किन केयर सेवा प्रदान गर्दै आएको छ र २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।

काठमाडौँ । सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले राजधानीको सीतापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  शनिबार सीतापाइलास्थित अनुपम महलमा सञ्चालनमा ल्याइएको फेसियल हाउस १२औँ शाखा भएको संस्थापक सुश्मा महराले जानकारी दिइन् । 

१२औँ शाखाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलगायतले संयुक्त रूपमा गरे । 

संस्थापक महराले सीतापाइलामा शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई अब टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने बताइन्। 

यस्तै नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तारले रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। 

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउस केवल सौन्दर्य सेवा दिने संस्था मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याइरहेको बताइन्।

कार्यक्रममा सञ्चार उद्यमी शोभा ज्ञवालीसहति सौन्दर्य, व्यवसाय तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

फेरिसय हाउसले आधुनिक प्रविधिमा आधारित सौन्दर्य तथा स्किन केयर सेवा प्रदान गर्दै आएको छ । करिब १८ वर्षअघि काठमाडौँ मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसको हाल काठमाडौँसहित पोखरा, सुर्खेत, नेपालगन्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा शाखा छ। साथै काठमाडौँ र चितवनमा फेसियल एकेडेमी समेत सञ्चालनमा छन् । 

निकट भविष्यमा अन्य स्थानमा पनि सेवा विस्तारको तयारी रहेको जानकारी दिँदै महराले २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत प्रदान गर्दै आएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप