आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने

आइतबार, १४ असार २०८३, ०७ : ४५
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' का अन्तिम चरणका दुवै खेल सुरु भएका छन्।
  • विश्वविजेता अर्जेन्टिनाले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ भने अल्जेरिया र अस्ट्रियाबीच नकआउट चरण प्रवेशका लागि निर्णायक भिडन्त सुरु भएको छ।
  • अर्जेन्टिना यसअघि नै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने अल्जेरिया र अस्ट्रियाबीचको खेलले नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ का अन्तिम चरणका दुवै खेल सुरु भएका छन्।

डलास स्टेडियममा विश्वविजेता अर्जेन्टिनाले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ भने क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रियाबीच नकआउट चरण प्रवेशका लागि निर्णायक भिडन्त सुरु भएको छ।

अर्जेन्टिना लगातार दुई जितसहित यसअघि नै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ। त्यसैले टोली दबाबमुक्त रूपमा मैदानमा उत्रिएको छ। यता, जोर्डन सम्मानजनक नतिजासहित विश्वकप यात्राको अन्त्य गर्ने लक्ष्यमा छ।

समूहको अर्को खेलमा अल्जेरिया र अस्ट्रियाबीचको प्रतिस्पर्धाले नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ। अल्जेरियालाई अन्तिम ३२ मा पुग्न जित आवश्यक छ भने अस्ट्रियाले बराबरी गरे पनि अर्को चरणमा स्थान बनाउन सक्छ।

दुवै खेल एकै समयमा सुरु भएका छन् र समूह ‘जे’ को अन्तिम समीकरण केही घण्टामै स्पष्ट हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप