जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
आइतबार, १४ असार २०८३, ०७ : ५२
सारांश
- अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को छनोट खेलमा जोर्डनविरुद्धको खेलमा कप्तान लियोनेल मेस्सीलाई विश्राम दिएको छ।
- अर्जेन्टिनाले समूह चरणका पहिलो दुई खेल जित्दै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको छ।
- प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई आराम दिन र प्रतिस्पर्धात्मक लय कायम राख्न दोस्रो हाफमा खेलाउने योजना बनाएका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाले लियोनेल मेस्सीलाई विश्राम दिएको छ ।
अर्जेन्टिनाले समूह चरणका पहिलो दुई खेल लगातार जित्दै यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ। टोलीले हालसम्म पाँच गोल गरेको छ र ती सबै कप्तान मेस्सीको नाममा छन्। अर्जेन्टिनाले पहिलो दुई खेलमा कुनै गोल पनि व्यहोरेको छैन।
यद्यपि, जोर्डनविरुद्धको खेलमा प्रशिक्षक लियोनेल स्कालोनीले ३९ वर्षीय मेस्सीलाई सुरुआती रोजाइमा नराख्ने निर्णय गरेका छन्। उनले मेस्सीलाई चोटका कारण नभई आराम दिन यस्तो निर्णय गरिएको स्पष्ट पारे।
स्कालोनीका अनुसार मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गर्ने सम्भावना छ। उनले मेस्सीसँग छलफल गरेर नै यस्तो निर्णय गरिएको र प्रतिस्पर्धात्मक लय कायम राख्न दोस्रो हाफमा खेलाउने योजना बनाइएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण