फिफा विश्वकप २०२६
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
मङ्गलबार, १६ असार २०८३, ०९ : ०६
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबीचको खेल अतिरिक्त समयको पहिलो हाफसम्म पनि १-१ को बराबरीमा रहेको छ।
- निर्धारित ९० मिनेटमा दुवै टोलीले एक-एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको हो।
- अतिरिक्त समयको पहिलो १५ मिनेटमा दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल अझै १-१ कै अवस्थामा छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबीचको खेल अतिरिक्त समयको पहिलो हाफसम्म पनि १–१ को बराबरीमा रहेको छ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको हो। नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।
तर खेलको इन्जुरी समयमा चेम्स्दिन ताल्बीको सहयोगमा इस्सा डियोपले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा फर्काए।
अतिरिक्त समयको पहिलो १५ मिनेटमा दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल अझै १–१ कै अवस्थामा छ। अब बाँकी १५ मिनेटमा विजेता निस्किएन भने अन्तिम १६ प्रवेशको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण