मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा

मङ्गलबार, १६ असार २०८३, ०९ : ३८
मङ्गलबार, १६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
  • निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
  • जितसँगै मोरक्कोले अन्तिम १६ मा क्यानडासँग भेट पक्का गरेको छ भने नेदरल्यान्ड्सको विश्वकप यात्रा अन्तिम ३२ मै समाप्त भएको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

मेक्सिकोको एस्टाडियो मोन्टेरेमा भएको खेलको निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको हो।

नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए।

अतिरिक्त समयको ३० मिनेटमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा मोरक्कोले ३–२ को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्‍यो।

पेनाल्टीमा मोरक्कोका इस्माइल साइबारीले निर्णायक प्रहार गोलमा परिणत गरे। यता नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्ट, युरियन टिम्बर र क्रिसेन्सियो समरभिल पेनाल्टीमा गोल गर्न असफल रहे।

यस जितसँगै मोरक्कोले अन्तिम १६ मा क्यानडासँग भेट पक्का गरेको छ भने विश्व वरीयताको छैटौं स्थानमा रहेको नेदरल्यान्ड्सको विश्वकप यात्रा अन्तिम ३२ मै टुंगिएको छ।

nnn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप