मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी

मङ्गलबार, १६ असार २०८३, ११ : ३७
मङ्गलबार, १६ असार २०८३

सारांश

  • मरिन ट्राफिकका अनुसार सुरक्षा जोखिम बढे पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवागमन सप्ताहन्तभर जारी रहेको छ ।
  • कम्पनीले शुक्रबार र शनिबार दुईवटा जहाजमाथि आक्रमण भएको घटनाबीच पनि तीन दिनमा १०८ वटा प्रमाणित जहाज आवागमन भएको जनाएको छ ।
  • द्वन्द्व सुरु हुनुअघि यस जलमार्गबाट दैनिक करिब १३० देखि १४० वटा जहाज आवतजावत गर्ने गरेका थिए ।

तेहरान । विश्वव्यापी जहाज ट्र्याकिङ सेवा प्रदायक मरिन ट्राफिकका अनुसार सुरक्षा जोखिम बढे पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवागमन सप्ताहन्तभर जारी रहेको छ । 

कम्पनीले शुक्रबार र शनिबार दुईवटा जहाजमाथि आक्रमण भएको घटनाबीच पनि तीन दिनमा १०८ वटा प्रमाणित जहाज आवागमन भएको जनाएको छ ।स्ट्रेट  भएर जुन २६ मा ४८ वटा, जुन २७ मा ३८ वटा र जुन २८ मा २२ वटा जहाज आवागमन गरेका छन् ।

यद्यपि यो संख्या आक्रमणअघि देखिएको अवस्थाभन्दा कम हो । कम्पनीका अनुसार २४ जुनमा ७० वटा जहाजले स्ट्रेट  अफ होर्मुज आरपार गरेका थिए । यो फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व सुरु भएयताको सबैभन्दा उच्च हो । 

द्वन्द्व सुरु हुनुअघि यस जलमार्गबाट दैनिक करिब १३० देखि १४० वटा जहाज आवतजावत गर्ने गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप