बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न कर्णको माग

बुधबार, २५ पुस २०७५, १४ : ००
बुधबार, २५ पुस २०७५

काठमाडौं– राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले तराइमधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि गठन गरिएको गिरिसचन्द्र लाल नेतृत्वले तयार पारेको प्रतिवेदन तत्काल

सार्वजनिक गर्न माग गरेका छन् । आज बसेको संसद बैठकमा सांसद कर्णले उक्त प्रतिवेदन सार्वजनिक नगरिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । 

कर्णको माग अनुसार सभामुख कृष्णबहादुर महराले सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

विगतमा तराइमधेस आन्दोलनका क्रममा झण्डै ६ महिना आन्दोलन भएको थियो  । उक्त आन्दोन करिव ७५ जना मारिएका तथा कयौँ अङ्गभङ्ग भएका थिए । 

सो प्रतिवेदन लाल नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको थियो । तर, सरकारले उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । प्रतिवेदनमा परेका ३२६४ उजुरीमाथि छानविन गरेको उल्लेख छ ।

‘त्यो छानविनको प्रतिवेदन जनताले थाहा पाउने हो वा आलमणिमा थन्क्याउने हो ? किन सार्वजनिक भएन ? प्रधानमन्त्री किन गम्भिर हुनुभएन ?’ कर्णले संसदमा बोल्दै भने, ‘प्रतिवेदनमा तत्कालीन गृहमन्त्री, आइजीपी को–को दाषी देखिएका छन् उनीहरुलाई कारवाही हुनुपर्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप