ख्याल गर्नुस् ज्वरो सामान्य समस्या होइन
डा.नन्दु पाठक जनरल फिजिसियन
के हो ज्वरो रु
मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम हरेक समयमा उस्तै बनाइराख्ने कोसिस गर्छ । ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै हामीले ज्वरो भन्छौँ । पहिलो कुरा, कसैलाई ज्वरो आउँछ भने उसको शरीर अस्वस्थ भएको जनाउ हो । समय, स्थान र वातावरणअनुसार शरीरको तापक्रम पनि फरक हुन्छ । दिनमा तापक्रम बढी हुन सक्छ भने बिहान र राति केही कम । तर, जेजस्तो भए पनि स्वस्थ मानिसमा औसतभन्दा दुई डिग्री फरेनहाइट मात्र बढी हुँदा फरक पर्दैन ।
मुख्य कारण
भाइरल नै ज्वरो देखिने मुख्य कारण हो । मन्डामिक एन्फ्लुएन्जा एचवानएनवान ९स्वाइन फ्लु०, हेपाटाइटिस, बर्डफ्लु, जिका, डेंगु, इबोलालगायत सबै खालका फ्लुहरूमा ज्वरो आउँछ । यस्तो अवस्थामा आएको ज्वरोका कारण पत्ता लगाएर अस्पताल जानुपर्छ । भाइरसका कारण पखाला लाग्दा पनि ज्वरो आउने सम्भावना हुन्छ । ब्याक्टेरिया संक्रमणबाट हुने ज्वरो उच्च छ । टिबी, टाइफाइड, ब्रोंकाइटिस, पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ । दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन्छ । यस्ता व्यक्तिमा भाइरस, ब्याक्टेरिया, फंगल्स, प्रोटोजोआ सक्रिय हुन्छन् । यिनको सक्रियतासँगै ज्वरो आउने सम्भावना बढी हुन्छ । कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा पनि ज्वरो आउँछ । छारेरोग तथा उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्तिलाई ज्वरो आउने गर्छ । कतिपय बालबालिकामा नियमित खोप लगाउँदा पनि ज्वरो आउन सक्छ । ज्वरो आउनुको कारण पत्ता लगाएर मात्रै उपचार गर्नु बुद्धिमानी हुन्छ । धेरैले ज्वरो आयो भनेर यसको औषधि खाने गरेका हुन्छन् । तर, हरेक समस्यामा चिकित्सकको सल्लाह लिएर मात्रै कदम चाल्न जरुरी छ ।
ख्याल गर्नुस्ज्वरो सामान्य समस्या होइन
ज्वरो आयो भने के गर्ने रु
सकेसम्म चाँडै चिकित्सकसमक्ष जाँच गराउने ।
झोल पदार्थ धेरै पिउने ।
पानीपट्टी बाँध्ने ।
बिरामी रहने कोठा न्यानो तर हावा सहज आवत–जावत हुने खालको बनाउने ।
ज्वरो बढ्दै गए पारासिटामोल खाने वा खुवाउने ।
ज्वरो १०२ डिग्री फरेनहाइट वा योभन्दा बढी भए तत्काल स्वास्थ्य संस्था या अस्पताल लैजाने ।
ज्वरो आएसँगै बेहोस हुने, गम्भीर टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने, पिसाब पोल्नेजस्ता समस्या देखिएमा पनि तत्काल स्वास्थ्य संस्थामा जाने अथवा लैजाने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण