प्रदेश २ लोकसेवा आयोगको अध्यक्षमा यादव
बिहीबार, ०५ भदौ २०७६, २० : ०२
जनकपुर– प्रदेश नम्बर २ सरकारले लोकसेवा विधेयक पारित गरेको करिब एक महिनापछि लोकसेवा आयोग गठनको प्रक्रिया अघि बढाइएको छ ।
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पत्रकार समेत रहेका प्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समिति सिफारिसले बिहीबार सिरहा निवासी प्रध्यापक यादवलाई अध्यक्ष पदमा चयन गरेको प्रदेश सरकारले जनाएको छ ।
अब लोकसेवा आयोग अध्यक्ष समेत चयन भइसकेकाले प्रदेश सरकाले चाँडै भर्ना खोल्ने तयारी गरिरहेको छ ।
सिफारिस समिति सदस्यमा सभामुख सरोज यादव र प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनाराण मण्डल समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन