बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आइएमएस मोटर्सका ६ वटा नयाँ कोरियन मोडेलका गाडी

बुधबार, ११ भदौ २०७६, ११ : ४०
बुधबार, ११ भदौ २०७६

स्याङयोङ्ग मोटर्सले नाडा अटो सोमा सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा प्रदर्शनीमा स्याङयोङ्गले स्टल नं एच.१४ मा अधिकतम छुटका साथमा आर्कषक अफर  ल्याएको छ ।

स्याङयोङ्गको मुस्सा अर्थमन्त्री डा. युवराज खतिवडाले नाडा प्रदर्शनीमा उद्घाटन गरेका हुन् ।

स्याङयोङ्गको एसयूभी सेग्मेन्टको नयाँ मोडेल एसयूटी नेपाली बजारमा आर्कषक मूल्य र उपयोगितासहित आएको छ । 

नेपालको लागि आईएमएस् ग्रुप अन्तर्गत स्याङयोङ्गको एकल वितरक आईएमएस् मोटर्सको ६ वटा विभिन्न मोडेलका कोरियन लक्जरी एसयूभीएस रहेको छ । जसमा रेक्सटोन, कोरान्डो, टियाभोली, एक्सएलभी र एक्टयोन स्पोर्टस् साथै लेटेस्ट एसयूटी र मुस्सो रहेका छन् । 

यो अफर अन्तर्गत साङ्योङ्गले आफ्ना ग्राहकलाई अत्यधिक छुट दिने भएको छ । कोरियन लक्जरी एसयूभीएस् भएको कारण साङ्योङ्गले आफ्नो ग्राहकलाई भर्खरै मार्केटमा सामसुङ ग्यालेक्सी नोट–१० अफर गर्नेछ । रेक्सटोन, कोरान्डो, टियाभोली, एक्सएलभी र एक्टयोन स्पोर्टस् साथै लेटेस्ट एसयूटी र मुस्सो गाडी खरिद गर्दा उक्त मोबाइल अफर गर्नेछ । पूराना गाडी सटही पनि हुने व्यवस्था गरिएको छ । 

प्रमुख अफरहरुमा एक वर्षको बिमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, , तीन वर्षको वारेन्टी , मासिक सरल किस्ता, उचित ब्याजदर, २५,०००÷– सम्मको एस्सेसरीज रहेका छन् । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप