बागमतीमा बढ्यो मन्त्रालयकाे सङ्ख्या, आलेकाे तोकियाे जिम्मेवारी
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि प्रदेशमा कायम रहेको १२ मन्त्रालयलाई विभाजन गरी १३ वटा कायम गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको हो ।
मन्त्री आलेमगरलाई प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरी जिम्मेवारी तोक्ने निर्णय गरिएको उनले बताए । मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको उनको भनाई छ ।
मन्त्रालय विभाजनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कर्मचारी व्यवस्थापन गर्ने र उपयुक्त स्थान हेरेर मन्त्रालय खडा गरिने प्रवक्ता श्रेष्ठले बताए ।
गत वैशाख २० गते मन्त्री नियुक्त भएकी आलेमगरले ४३ दिन पछि विभागीय जिम्मेवारी पाएकी हुन् । जिम्मेवारी पाएलगत्तै उनले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् । तत्कालका लागि भाडाको घर खोजेर मन्त्रालय खडा गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण