बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रिहा भएपछि गोविन्दले भने–शक्तिको आडमा ममाथि अन्याय गरियो

आइतबार, २२ भदौ २०७६, १३ : १८
आइतबार, २२ भदौ २०७६

काठमाडौं – निर्माता गोविन्द शाही हिरासतमुक्त भएका छन् । अपराधिक विश्वासघातको मुद्दामा १५ दिन प्रहरी हिरासतमा रहेका शाही सर्वाेच्च अदालतको भदौ १८ गतेको आदेशबाट रिहा भएका हुन् । 

दुईवर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध निर्माताद्वय मिलन चाम्लिङ राई र सुदीप खड्काले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । 

सोही उजुरीको आधारमा उनलाई प्रहरीले कमलपोखरी स्थित काफिया फिल्मस्को कार्यालयबाट पक्राउ गरेको थियो ।

रिहा भएपछि गोविन्दले आफू अन्यायमा परेको बताएका छन् । 

उनले एक विज्ञप्ति जारी गर्दै सुदीप र मिलनले पद, शक्ति र सम्बन्धको आडमा कानुनको दुरुपयोग गरेर आफूलाई हिरासतमा बस्न बाध्य पाएको आरोप लगाएका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप