मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निजामति सेवा दिवसः सर्वोच्च अदालतका कर्मचारीले गरे सरसफाई

आइतबार, २२ भदौ २०७६, १८ : ४०
आइतबार, २२ भदौ २०७६

काठमाडौं– निजामति सेवा दिवस २०७६ सर्वोच्च अदालतले विविध कार्यक्रम गरी मनाएको छ । 

निजामति सेवा दिवसको अवसर पारेर सर्वोच्च अदालतले आईतबार बिहानै कार्यालय परिसरको सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाको नेतृत्वमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 

निजामति सेवा दिवसको कार्यक्रम सम्पन्न भएपछि भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य रजिष्ट्रार निरौलाले आजको दिवसबाट जनतको काम अझै प्रभावकारी बनाउने, जनताले सेवा सुविधा समयमै प्राप्त गर्ने बिषयमा सबै प्रतिवद्ध रहेको बताए । 

निजामति सेवालाई उत्तरदायी, सेवामुखी र सुदृढ बनाउन सबैले आफ्नो भूमिका महत्वपूर्ण ठाने स्थायी सरकार मानिने यो सेवा प्रभावकारी हुने उनले बताए । कार्यक्रममा सर्वोच्च अदालत र माताहतका अदालतमा रहेर उत्कृष्ठ काम गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुने कर्मचारीहरु सहरजिष्ट्रार हरिराज कार्की, इजलास अधिकृतहरु भगवति शर्मा ढुङ्गाना, महेन्द्रबहादुर कार्की, ठाकुरप्रसाद पौडेल लगायत रहेका छन । यस्तै सर्वोच्च अदालतले निजामति सेवा दिवसलाई रचनात्मक बनाउने उद्देश्यका साथ कर्मचारीहरुबीच विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । 

उपत्यकास्थित सर्वोच्च अदालतसँगै माताहतका अदालतहरु, न्यायाधिकरणहरुबीच अन्तर न्यायपालिका ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । जसको प्रथम सहरजिष्ट्रार मानबहादुर कार्की र उपरजिष्ट्रार अशोक क्षेत्रीको समुह , दोस्रो उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहाल र लेखापाल रमेशबहादुर थापा र तस्रो विशेष अदालतका सुदिप पोखरेल र तेजेन्द्र कँडेलको समुह थियो ।

यस्तै सर्वोच्चले फुटसल प्रतियोगिता र हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो । निजामति सेवा दिवसको अवसरमा सबै प्रतियोगितमा उत्कृष्ठ नतिजा ल्याउने समुहहरुलाई मुख्य रजिष्ट्रार निरौलाले प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरे। कर्मचारीहरुबीच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ मैत्रीपूर्ण प्रतियोगिताहरु गरिएको थियो । 

निजामति सेवाको २०१३ साल भदौ २२ गते पहिलोपटक निजामति सेवा ऐन लागु भएको सम्झनामा भदौ २२ गतेलाई निजामति सेवा दिवसको रुपमा मनाउँदै आएको छ । यसैदिनलाई योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने परम्पराको रुपमा लिने गरिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप