शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

शनिबार, २८ भदौ २०७६, १६ : १५
शनिबार, २८ भदौ २०७६

जनकपुर । महोत्तरीमा एक युवकको शव फेला परेको छ ।

शनिबार महोत्तरीको एकडारा गाँउपालिका –२ बस्ने १७ वर्षीय विकेश बैठाको घाँटी थिची निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको हो ।

मृत विकेशको टाउकोमा समेत धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने अनुमान लगाएको छ । महोत्तरीका प्रहरी उपरीक्षक शयामकृष्ण अधिकारीले सो घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

विकेशको शवको पोस्टमार्टम गर्न जलेश्वरस्थित जिल्ला अस्पतालमा पठाइएको बताए ।

यता परिवारजनका अनुसार छोरा विकेश राती ८ बजेदेखि बेपत्ता भएको जनाएको छ । छोरा विकेशको खोजी गर्ने क्रममा विहान ८ बजेको समयमा घर नजिकैको एउटा खेतमा मृत फेला परेको उनको बुबा राजकिशोर बैठाले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप