मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न राजदूत पौड्यालको आग्रह

सोमबार, ०६ असोज २०७६, १३ : ०९
सोमबार, ०६ असोज २०७६

चीन– चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले आगामी वर्ष मनाइने ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आमन्त्रण गरेका छन् । चीनको राजधानी बेइजिङमा भएको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी–२०१९ अन्तर्गत आइतबार नेपाल राष्ट्रिय दिवस मनाउने क्रममा राजदूत पौड्यालले पृथ्वीको कूल भू–भागमध्ये सानो अंशमात्र ओगट्ने नेपाल जैविक विविधताको धनी रहेको भन्दै चीनमा भएको  अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा नेपालको सहभागिताको विशेष महत्व रहेको बताए । 

नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी–२०१९ आयोजक समिति तथा नेपालको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुपकोे संयुक्त अयोजनामा सम्पन्न उक्त कार्यक्रमा अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी बेइजिङ–२०१९ का प्रमुख इन्जिनियर झ्याङ लनिले विश्वकै हालसम्मको ठुलो वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बाटिका नामक नेपाल पभिलियनको विशेष स्थान रहेको उल्लेख गर्दै प्रदर्शनी अवधिभरि नेपालको सक्रिय सहभागिताको सराहना गरे । 

प्रदर्शनीका आयोजक एवम् विभिन्न देशका प्रदर्शकहरु, विदेशी कूटनीतिक प्रतिनिधिहरु, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारणसहित २५० सय जनाभन्दा बढी सहभागी रहेको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम एवम् नेपाली खानाको व्यवस्था गरिएको थियो ।

प्रदर्शनीस्थलमा रहेको लुम्बिनी शान्ति बाटिका राष्ट्रपति विद्यादेवी भण्डारीले २८ अप्रिल २०१९ मा उद्घाटन गरेकी थिइन् । प्रदर्शनी अक्टोबर २०१९ सम्म जारी रहने दूतावासले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप