केन्द्रीय संस्करण
विचार

दसैँ राजनीतिक पर्व : चिन्तन र संस्कारमा हिजो कै निरन्तरता

person explore access_timeअसोज २०, २०७६ chat_bubble_outline2

मानिसले चाडपर्व कहिलेदेखि मनाउन थाले भन्ने यकीनसाथ भन्न सकिन्न । अंग्रेजीमा time in memorial  अंग्रेजीमा टाइम इन मेरोरियल भनिन्छ अर्थात् लिपिबद्ध हुनु वा सम्झनाभन्दा पनि पुरानो । यसैसँग जोडिएर आउने प्रश्न भनेको चाडपर्व के हो पनि हो । यस सन्दर्भमा यतिसम्म चाहिँ भन्न सकिन्छः  मानव समुदायले मनोरञ्जन वा कु्नै खास सफलता हासिल गरेको अथवा जीवननिर्वाहका क्रममा कुनै विशेष सफलता हासिल गरेको क्षणको स्मरणमा त्यो विशेष दिनलाई उत्सव मनाउने सिलसिलामा चाडपर्वको शुरुवात भयो होला भन्ने अनुमान गर्न सकिन्छ ।

एउटा विशेष दिनलाई विशेष सम्झानाको रुपमा, सफलतालाई सम्झनाको रुपमा वा उत्सवका रुपमा परिणत गरेर त्यसलाई निरन्तता दिने, पूजाआजा, अनुष्ठान गर्ने कुराहरुलाई पनि चाडपर्व मान्ने चलन छ । चाड वा पर्व भनेको मनोरञ्जननै मात्र गर्ने भन्ने मलाई लाग्दैन । हिन्दुधर्मालम्बीहरुमा खास तिथिहरुलाई पनि पर्वका रुपमा मान्ने चलन छ । उदाहरणको लागि दसैँको सोह्र सराद्ध पनि एउटा चाड नै हो । तर त्यसमा मनोरञ्जन छैन ।  त्यहाँ छाकै बारेर विभिन्न कुराहरु बारेर,  मनोरञ्जन बेगर, अनुशासनमा बसेका हुन्छन् । । मुस्लिमहरुको चाडमा पनि झन् अनुशासन देखिन्छ । उनीहरु एक महिनासम्म बेलुकी  बेलुकी घाम अस्ताएपछि मात्र भोजनपानी ग्रहण गर्ने गर्छन् ।

त्यसैले कहिलेकाही चाडपर्व मनोरञ्जन जस्तो हुन्छ  भने अर्कोतिर  विशेष रुपबाट हेर्दा हामीले आफूलाई अनुशासित गर्ने र एउटा खास सामाजिक मर्यादामा बस्ने भन्ने कुरालाई पनि चाडको रुपमा लिन्छौँ ।

यसरी चाडपर्वको बहुआयामिकताको कारण चाडपर्व भनेको यही हो भनेर परिभाषित गर्न नसकेको कारण यो हो ।

*****

दसैँको सन्दर्भमा उठ्ने गरेको रातोटीका र सेताटीकाको विवाद राजनीतिक र प्रतिकात्मक सन्दर्भबाट आएको हो । अझ यो विवादभन्दा पनि आ–आफ्नो दावीको कुरा हो  । अलिकति बढी राजनीतिक कोणबाट राज्य निर्माणको सन्दर्भबाट विकसित भएर यो दावी विवाद आउने गर्छ  ।

*****

मानव जीवनमा चाडपर्वले के अर्थ राख्छ भन्ने सन्दर्भमा कुरा गर्दा ख्याल गर्नुपर्ने कुरा के हो भने, मानव जीवन सपाट एकपाटो हुँदैन, यसका बहुआयामिक पाटाहरु हुन्छन् । त्यसमा आर्थिक, सामाजिक, राजनीतिक, धार्मीक, सांस्कृतिक लगायतका पक्षहरु हुन्छन् । यसर्थमा, चाडपर्वलाई ती विविध आयाममा हेर्नुपर्ने हुन्छ । आर्थिक आयामबाट चाडपर्व जस्तो लाग्ने खास खास अवसरहरु राजनीतिक आयमबाट हेर्दा नलाग्न पनि सक्छ । ठीक त्यसैगरी, राजनीतिक आयामबाट चाडपर्व देखिने अवसरहरु आर्थिक र सांकृतिक हिसाबबाट नलाग्न सक्छ । आर्थिक हिसाबले ‘आयो दसैँ ढोल बजाइ गयो दसैँ ऋण बोकाइ’ भन्न सकिएला तर सामाजिक र साँस्कृतिक हिसाबले दसैँ मनाउन सकिएन भने आफू बसेको समाजमा सामाजिक नहोइने हुन सक्छ । त्यसैले चाडपर्व संस्कार मनाउने कुराले बहुल अर्थ राख्छ भनेर  बुझनुपर्छ । छोटोमा भन्दा, सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक  हरेक किसिमका चाड हुन्छन् र तिनले त्यहीँ अनुसारको अर्थ राख्छन् । चाडपर्वबिना मानव समाजको संस्कृतिको कल्पना गर्न सकिँदैन ।

रातो टीका, सेतो टीकाको विवादबारे

दसैँको सन्दर्भमा उठ्ने गरेको रातोटीका र सेताटीकाको विवाद राजनीतिक र प्रतिकात्मक सन्दर्भबाट आएको हो । अझ यो विवादभन्दा पनि आ–आफ्नो दावीको कुरा हो  । अलिकति बढी राजनीतिक कोणबाट राज्य निर्माणको सन्दर्भबाट विकसित भएर यो दावी विवाद आउने गर्छ  ।

आधारभूत रुपमा यो व्याख्याको पनि कुरा हो । एकातिर रातोटीका लगाउने चलन शुरु भयो भने अर्कोतिर सेतो टीका लगाइराखेको स्थिति थियो । खास गरेर आदिवासी जनजाती भनिएका समुदायहरुले त सेतो लगाइराखेको देखिन्छ । कतिपय ठाउँमा रातो पनि लगाए होलान् ।

त्यसो त सेतो टीका लगाउने प्रचलन भएका आदिवासी जनजातिहरुलाई विजेताहरुले जबरजस्ती रातोटीका लगाउने प्रचलन थोपरिदिए भन्ने खालका कुराहरु पनि उठ्ने गर्छन् । यसलाई कसै कसैले तर्क कुतर्कको अर्थमा पनि आरोपित गर्ने गर्छन्  । तर अर्काको तर्कलाई हामीले कुतर्क भनिहाल्ने अधिकार छैन । त्यो बहस कसरी आउँछ भने सुर र असुरहरुबीचको द्वन्द्वमा असुरहरुको साम्राज्यमाथि सुरुहरु अर्थात् देवताहरुले विजय प्राप्त गरेपछि त्यो विजयको सफलताको हर्षोल्लास मनाउने हिसाबमा टिका लगाए भन्ने कुरा  दसैँको एउटा व्याख्या हो । यो व्याख्याले विजय प्राप्त गरेको अवसरमा टिका लगाउने भन्छ । नेपालमा चाहिँ सुर असुरको विभाजन राज्य निर्माणको सन्दर्भमा गाँसियो । सुरहरु चाहिँ राज्य निर्माण गर्ने भए । असुरहरु चाहिँ राज्य प्रणालीभित्रकै पराजित समूह भए । सुर असरको त्यो विभाजन पुरानो खालको कथाहरु सबैबाट तानिएर अहिलेसम्म पनि आइराखेको छ ।

असुरका खलक हुँ भन्नेको व्याख्यामा सुरहरुले असुरहरुमाथि विजय प्राप्त गर्दा वा असुरहरुलाई समाप्त पारेर उनीहरुका रगतले मुुछेर टिका लगाएको हुनाले त्यो टिका रातो भएको हो । त्यसैले दसैँ असुर भनिएकाहरुको होइन र टिका लगाए हालेपनि सेता चाहिँ लगाइरहने चलन चाहिँ ठिक हो भन्ने खालको एउटा व्याख्या आयो ।

तर फेरि पनि ठ्याक्कै सत्य कुरा यही हो भन्ने अवस्था पनि छैन । वास्तवमा, सेतो वा रातो टीकाको विवाद राजनीतिक आन्दोलनमा, राजनीतिक आग्रहमा र राजनीतिक जीकिरमा आएको कुरा हो ।

*****

सत्तामा जो छ उनीहरुले चाहिँ भैसीं रागो बलिदिनै पर्छ । सेनाको  हरेक गुल्मले दसैँमा बली दिनैपर्ने कुरा पनि कतै न कतै त्यही कुराको विम्ब हो । खासगरी, हतियार बन्द र एकदम राजनीति गर्ने पक्षले चाहिँ सत्रुनास गर्दै गरेको  प्रतीकको रुपमा हेर्ने गरेको पाइन्छ ।

*****

दसैँ : राजनीतिक चाड

दसैँ भनेको मैले बुभmदा खेरि राजनीतिक चाड हो । विम्बको रुपमा र  प्रक्रियागत हेर्दाखेरि पनि गोर्खाबाट फुलपाती ल्याएर काठमाडौँमा स्थापना गरिन्छ । गोर्खाबाट राज्य त लड्दै हिँड्दै आएर काठमाडौँ आएको र काठमाडौँमा विजय प्राप्त गरेको हो । यसरी हेर्दा शासक वर्गको ठाउँबाट र शासितकोमा अर्थात् र्गोखाबाट काठमाडौँमा फुलपाती ल्याउने स्थापना हुन्छ ।

सत्तामा जो छ उनीहरुले चाहिँ भैसीं रागो बलिदिनै पर्छ । सेनाको  हरेक गुल्मले दसैँमा बली दिनैपर्ने कुरा पनि कतै न कतै त्यही कुराको विम्ब हो । खासगरी, हतियार बन्द र एकदम राजनीति गर्ने पक्षले चाहिँ सत्रुनास गर्दै गरेको  प्रतीकको रुपमा हेर्ने गरेको पाइन्छ ।

सुर असुर अर्थात् आर्य अनार्यका कुरा

दसैँमा विपक्षको तर्फबाट बहस गर्नेहरुले रातो टिका लगाउनु हुँदैन भन्ने गर्छन् । उनीहरुको तर्क हेर्दा सुर भनिएका शासक वर्गले असुर जाति अर्थात् शासित वर्गका पुर्खाहरुमाथि विजय प्राप्त गरेर उनीहरुका रगतको टिका लगाए जस्तो देखिन्छ । त्यसैले शासक वर्गका लागि रातो टिकाको त्यो अर्थ छ । आदिवासी जनजातीहरुले दसैँ मनाएपनि सेतो टिका लगाए भनेर पनि भनिन्छ ।

दसैँमा दुर्गा भवानीचाहिँ तरवार, बाघमाथि चढेर भैसींमाथि चढेको राक्षसमाथि प्रहार गरेको मूर्ती तस्विरहरु देखिन्छ । नियाल्ने हो भने बाघमाथि चढ्ने र भैसींमाथि चढ्नेहरुको अनुहार नै फरक फरक हुन्छ । बाघमाथि चढ्ने दुर्गाको अनुहार सलक परेको हुन्छ अनि गोलो लाम्चो नाक हुन्छ अर्थात् आर्यको जस्तो, सुर जातिको जस्तो हुन्छ । तर भैसींमाथि जिव्रो काढेर बस्ने चाहिँ कालो नाक पनि थेप्चो परेको हुन्छ । आँखा पनि चिम्सो परेको अनार्यको जस्तै  बनाएको हुन्छ ।

*****

कतिले दसैँ मेहनतकश आदिवासीको नितान्त मौलिक चाड थियो पनि भन्छन् । बालीनाली उठाएपछि मनाइने चाड भएको अर्थमा त्यो होला कि जस्तो पनि लाग्छ । मौसम राम्रो हुने, बालीनाली पाक्ने र त्यो विस्तारै उठाउने बेला भएको अवस्थामा अनिकाल गयो, सहकालको सुरुवात भयो भन्ने खुसियालीमा यो चाड मनाउने प्रचलन शुरु भएको हुन सक्छ । पछि राज्य बन्ने क्रममा राज्यले यसलाई अर्को ढङगबाट मनाउन थालेको पनि हुन सक्छ ।

*****

चित्रकार, कलाकारहरुको मानसपटलमा पनि त्यो सुर र असुर भन्ने चाहिँ ठ्याक्क चिनिन्छ । सुर असुरमा विभक्त भएका जातिहरु देवता र राक्षसमा देख्न सकिन्छ । पुरानो कथामा कथिएका कुराहरुको विम्वात्मक बुझाइ अहिले करिब करिब एक ढङगले उही रुपमा व्याख्या हुँदै आएको छ । त्यो व्याख्यालाई पनि हामी हुँदै होइन वा प्रमाणिक छैन भन्ने कुराभन्दा पनि नेपालको विशिष्ट राजनीतिक ऐतिहासिक परिवेशमा दसैँ सुरु भए जस्तो मलाई लाग्छ ।

दसैँको सामाजिक पक्ष

कतिले दसैँ मेहनतकश आदिवासीको नितान्त मौलिक चाड थियो पनि भन्छन् । बालीनाली उठाएपछि मनाइने चाड भएको अर्थमा त्यो होला कि जस्तो पनि लाग्छ । मौसम राम्रो हुने, बालीनाली पाक्ने र त्यो विस्तारै उठाउने बेला भएको अवस्थामा अनिकाल गयो, सहकालको सुरुवात भयो भन्ने खुसियालीमा यो चाड मनाउने प्रचलन शुरु भएको हुन सक्छ । पछि राज्य बन्ने क्रममा राज्यले यसलाई अर्को ढङगबाट मनाउन थालेको पनि हुन सक्छ । त्यसैले दसैँलाई बहुल अर्थमा बुभmन पर्छ जस्तो लाग्छ मलाई । बहुल अर्थमा यसकारण कि कतिले आफ्नो जातिय परम्परा अनुसार दसैँ मनाउने चलन पनि छ ।

उदाहरणको लागि, बौद्धमार्गी नेवारले  बली दिने जा मार हान्ने बेलामा  केरामा सिन्काको खुटा बनाएर खसीको प्रतीकमा मार हान्ने गरेको पनि पाइन्छ । सांकेतिक रुपमा  त्यहाँ हिंसा त भयो । अहिंसाको ठूलो बखान हुने हिन्दू धर्मको भनिने दसैँमा राँगो, खसीलाई मार हानिन्छ । यसरी आ—आफ्नो ढङगले दशै मनाइने चलनले दशैचाहिँ सांस्कृतिक र धार्मिक चाड होइन भन्ने आधार देखिन्छ ।

अर्को दृष्टिकोणले हेर्दा यो सामाजिक चाड हो । दसैँमा लामो विदा हुन्छ, भेटघाटमा जान्छन् । कसैले पनि म दसैँ बहिस्कार गर्छु, छुट्टी लिन्न भन्दैनन् ।

धार्मीक पक्षमा हेर्दा दसैँ त्यति मेला खाँदैन । अहिंसाको सबैभन्दा ठूलो वकालत गर्ने हिन्दू धर्ममा बली दिइन्छ । यो धर्मसँग मेल खानेभए बलीको सट्टा ब्रतले प्रधानता पाउँथ्यो होला ।  त्यसैले असुरमाथि विजयप्राप्त गरेर हर्षोल्लास मनाउने सन्दर्भले पनि यो राजनीतिक चाड हो भन्ने आधार देखिन्छ । 

राज्यसत्तासँग जोडिएको दसैँको विशेषता

दसैँको विशेषता सत्तासँग जोडिएको देखिन्छ  । राज्यसत्तामा शक्ति आफ्नो हातमा भएकाहरु,   खास गरेर सेनाका हाकिमले अनिर्वार्य  बली दिने कुराको लाक्षणिक अर्थ  असुरशक्ति माथि हामीले विजय प्राप्त ग¥यो भन्ने नै हो । असुर अर्थात् शासितहरुले हामीले भनेको र हाम्रो हैकम, आदेशलाई नमान्ने हो भने तिमीहरुको हालत पनि यही हुन्छ भनेर देखाउन खोजेको जस्तो गरी बली दिइने प्रचलनले त्यसको राजनीतिक आवरणलाई देखाउँछ । टीकाको सवालमा जेसुकै भनेपनि यो शक्तिपीठहरुको पूजा हो ।

शक्तिको पूजा भनेको राजनीतिक र राज्यसत्ताको हैकमलाई निरन्तरता दिनेसँग सम्बन्धित कुरा पनि हो ।

दसैँ मान्ने नमान्ने, बहिष्कार गर्नेहरुले पनि दसैँका नाममा दिइने विदा, सहुलियत, सुविधाहरु नत्याग्नु, नमान्नुले यो सामाजिक रुपमा स्वीकारिएको चाडको रुपमा स्थापित भएको छ । यो बेग्लै कुरा हो कि, दसैँको धार्मिकतालाई नमान्नेहरुले यसलाई आ–आफ्नै ढंगले, सामाजिक सांस्कृतिकरुप अनुसार पनि मनाउने गरेका छन् ।

दसैँको राजनीतिक सत्ता केन्द्रीय मात्रै हैन, स्थानीय स्तरमा पनि रहने गर्छ । भनेर कुभिन्डो काट्े पनि, राँगो नै काटे पनि त्यसले दिने सन्देश एउटै हो– हाम्रो प्रभुत्वलाई तिमीहरुले नमान्ने हो भने हालत चाहिँ यही हुन्छ ।

*****

दसैँ भन्ने कुरा नितान्त सत्ताको प्रभुत्व र सत्ताले निर्माण गरेको हैकमलाई स्वीकार गर्ने र त्यसलाई वर्ष वर्षमा नवीकरण गर्ने परम्पराको रुपमा आएको हो ।

*****

साँस्कृतिक र चिन्तनगत पछौटेपन

बहुभाषी, बहुजाति भएको धर्म निरपेक्ष गणतान्त्रिक मुलुक नेपालमा अरु धर्महरुलाई कम महत्व दिने तर हिजोको राज्यसत्ताले राष्ट्रिय पर्वको रुपमा स्थापित गरी जबरजस्ती थोपरिदिएको दसैँलाई  चाहिँ किन निरन्तरता दिएर मनाउँछ भन्ने कुरा पनि उठ्ने गर्छ । वास्तवमा, आन्दोलनले  राजनीतिका शासन व्यवस्था, संविधान, ऐन, नियम कानूनहरु फेर्छ र त्यो तोकिएकै मितिदेखि लागू गर्छ । त्यो भनेको भौतिक विकास हो । तर त्यो आन्दोलनले  त्यति सजिलै हाम्रो चिन्तन र मानसिकतालाई रुपान्तरण गर्न सक्दैन । त्यसका लागि एउटा लामो प्रक्रिया र चरणहरु पार गर्नुपर्ने हुन्छ । राजनीतिक रुपान्तरणको भौतिक गतिसँग हाम्रो सोच, चिन्तन र मानिसकताले छलाङ मार्ने खालको चिन्तनको गति र रुपान्तरण हुँदैन । फलतः  हिजोको परम्परा र सोचले नयाँ रुपमा, नयाँ ढंगले निरन्तरता पाइनै रहन्छ ।

दसैँ भन्ने कुरा नितान्त सत्ताको प्रभुत्व र सत्ताले निर्माण गरेको हैकमलाई स्वीकार गर्ने र त्यसलाई वर्ष वर्षमा नवीकरण गर्ने परम्पराको रुपमा आएको हो ।

अहिले राजतन्त्रकालीन शैलीमा दसैँ मनाइने प्रचलनले निरन्तरता पाउनुको अर्थ पनि त्यो हिजोको शासकीय शैलीको हैकम र प्रभुत्व स्थापित गर्ने अभ्यासकै निरन्तता हो । यतिका सारा कुरा परिवर्तन भइसक्दा पनि त्यसले निरन्तरता पाउनु भनेको  हाम्रो मानसिकता र चिन्तन पछाडि पछाडि हिँड्छ भन्ने कुरा कै दृष्टान्त हो ।

राजनीतिक परिवर्तनसँगसँगै साँस्कृतिक रुपान्तरणको दिशामा सोचविचार र चिन्तन गरिएको हुन्थ्यो भने अहिले कम्तिमा राज्यसत्ताले दसैँ मनाउने चलनमा केही भिन्नता हुन्थ्यो होला ।

चिन्तन आफैंमा संस्कृति हो । राजनीतिक परिर्वतन चाहिँ गराइयो तर मेरो चिन्तनले नै त्यसलाई स्वीकर गर्छकी गर्दैन भन्ने चाहिँ थाहा छैन् । दसैँ मात्रै के ठूलो कुरा भयो र ? राज्य सञ्चालनको जटीलता र अन्तरसम्बन्धित पक्षले हिजोकै संस्कृति र परम्पराले निरन्तरता पाइरहेको स्थिति छ ।

गणतान्त्रिक सत्तामा हामीले जिम्मेवारीहरु कुशलतापूर्वक बहन ग-यौं भने दसैँ कसरी मनाइन्छ भन्ने कुराले खासै अर्थ राख्दैँन ।

*****

सांस्कृतिक रुपमा हामी रुपान्तरण भएका छैनौं । हामी बौद्धिक रुपमा र चिन्तनका हिसाबले हामी पुरानै अवस्थामा छौँ । फलतः सत्तामा पुग्ने बित्तिकै साइत हेराएर पदभार ग्रहण गर्ने, बोका काट्नै पर्ने कुराले निरन्तरता पायो ।

*****

सामान्ती सम्बन्धलाई निरन्तरता दिँदै,  अथवा नेता कार्यकताको सम्बन्धलाई दास र मालिकको जस्तो सम्बन्धको रुपमा चित्रित हुने गरी शासकहरुले टीका लगाइबस्नै पर्दैन । दसैँमा सर्वसाधारण दुनियालाई टिका लगाइदिने हिजोको राजाकालीन परम्परालाई गलहत्याएर सट्टामा एउटा शुभकामना वक्तव्य मात्रै पनि दिन सकिन्थ्यो । तर यहाँ पनि टीका लगाउनैपर्ने, घुँडा टेकाउनै पर्ने, अक्षता छर्कैनै पर्ने र आफूहरु शासक वर्गका हौं भनेर देखाउनैपर्ने भयो । 

यसले के देखाउँछ भने सांस्कृतिक रुपमा हामी रुपान्तरण भएका छैनौं । हामी बौद्धिक रुपमा र चिन्तनका हिसाबले हामी पुरानै अवस्थामा छौँ । फलतः सत्तामा पुग्ने बित्तिकै साइत हेराएर पदभार ग्रहण गर्ने, बोका काट्नै पर्ने कुराले निरन्तरता पायो ।

अंग्रेजीमा एउटा भनाइ छः  सत्ता भ्रष्ट हुन्छ । अझ पूर्णसत्ता छ भने त त्यो झनै ठूलो भ्रष्ट हुन्छ ।  सम्भवतः त्यो सत्तामा पुगिसकेपछि देखाउँ भन्ने पनि होला, नपुग्नेहरुलाई त्यो हुँदैन ।  सारमा मैले के भन्न पर्छ भने दसैँ राजनीतिक चाड हो । राजनीतिक सत्ता र हैकमलाई निरन्तरता दिने खालको हुन्छ ।

नयाँ राज्य सत्ताले के गर्ने कसरी गर्ने भन्नेकुराहरुको ज्ञानको अभावमा पनि पुरानै कुराहरुले निरन्तरता पाउने हो । हिजोको पुरानो सत्ताले जे गरिराखेको छ, त्यसरी नै अहिले नयाँ सत्ता अगाडि बढ्नुपर्ने स्थिति भनेको  सांस्कृतिक पछौंटेपन नै हो ।  हिजो जिन्दगी भरि जे कुराको जिकीर गर्यो त्यही कुरा राजनीतिक परिवर्तन भएपछि चाहिँ पालना नहुनु भनेकै सांस्कृतिक पछौंटेपन वा  सास्कृतिक विचलन जस्तो देखियो ।

परिवर्तन चाहने र परिवर्तनको कुरा, पक्षपोषण गर्नेहरुले परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ । चाडपर्व मनाउने सन्दर्भमा पनि हिजोको राज्यसत्ताले आफूलाई केन्द्र मान्ने र जनतालाई प्रजा मानेर आशीर्वाद दिने प्रचलनलाई भंग गरे अघि बढ्नु पथ्र्यो । तर त्यसको ठीक उल्टो राज्यले नै त्यो कुरालाई निरन्तता दियो ।

(मानवशास्त्री चेम्जोङसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानीमा आधारित)

कमेन्ट

  1. Oct. 7, 2019, 12:11 p.m. Dammar Lohorung
    समय सान्दर्भिक मात्र नभएर लेखले समग्रतालाई अंगालेकाे पाईयाे ।यस किसिमकाे बाैधिक खुराक पस्कनु भएकाेमा डम्बरजीलाई हार्दिक धन्यवाद ।
  2.  0 Reply
  3. Oct. 7, 2019, 10:41 a.m. अज्ञानी
    प्रोफेसर सा'व मानवशास्त्री नभएर यदि अर्थशास्त्री हुन्थे भने के बिश्लेषन हुन्थ्यो होला। मानवशास्त्र को बिषयगत बिश्लेषन ले अध्यात्मिक मर्म को छेउटुप्पो भेट्टाएन भनि विद्वान आफैंले प्रष्ट राय दिन नसकेको देखिन्छ। तपैं ले आज पिएको एक कप चिया को स्वाद तपैं को जिवनभर सबै शास्त्र पढेर पनि बताउन सक्नु हुन्न । शब्द , शास्त्र र विचार विश्लेषण को सिमा लाई बुझौं। अध्यात्म को गहिराई अध्यात्मिक कर्म बाट आफैं ले अनुभव गर्नु पर्छ। अनि मात्र देव देवी, सुर असुर, आर्य अनार्य के हुन, के होइनन् भन्ने बुझिएला। दशैं को सार्थकता बल्ल बुझिएला। सबैलाई दशैं को मंगलमय शुभकामना।
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...