सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
सुन तस्करी

न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू

शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट बरामद एक किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । 

न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।  

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चार जना नेपाली छन् । पक्राउ पर्नेमा  भारतीय नागरिकहरू अमुल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ । त्यसैगरी पक्राउ पर्नेमा झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका  २२ वर्षीय भरतराज खरेल, दार्चुलाका २१ वर्षीय आयुष बडू र सोही स्थानका ४७ वर्षीय गणेशदत्त बडु रहेका छन् ।

gold (1)gold (2)gold (3)gold (4)gold (5)gold (6)gold (7)gold (8)gold (9)gold (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया