केन्द्रीय संस्करण

ज्यान मुद्दाका फरार अभियुक्त ९ बर्षपछि पक्राउ

person explore access_timeअसोज २८, २०७६ chat_bubble_outline0

हेटौडा- मकवानपुर प्रहरीले जिल्ला अदालतबाट ज्यान मुद्दामा १० बर्ष कैद फैसला भएका एक अभियुक्तलाई ९  बर्ष पछि पक्राउ गरेको छ। साबिक इपापन्चकन्या ५ ,हाल भीमफेदी गाउपालिका -८ बस्ने जितबहादुर थिंगले सोहि ठाउँ बस्ने बुद्दिबहादुर गोलेलाई कुटपिट गर्दा २०५९ साल कार्तिक ४ गते गोलेको ज्यान गएको थियो। २०६७ जेष्ठ ३१ गतेको मकवानपुर जिल्ला अदालतको फैसलाले जितबहादुरलाई १० बर्ष कैद फैसला गरेको थियो।

त्यसबेलादेखि नै फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय भिमभेदीबाट खटिएको टोलीले यहि असोज २७ गते भीमफेदी गाउपालिका (८ बाट नै पक्राउ गरेको छ । आज जितबहादुरलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीको लागि भीमफेदी कारागार चलान गरिएको मकवानपुर प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए। 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...