कुवेतद्वारा भुटानमा खेल्न अस्वीकार
काठमाडौँ । नेपालको दशरथ रंगशालामा मंसिर ३ गतेका लागि तय भएको नेपाल र कुवेतबीचको खेल भुटानमा खेलाउने एन्फाको प्रस्तावलाई कुवेतले अस्वीकार गरेको छ ।
सन् २०२२ को कतार विश्वकप अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि नेपालले कुवेतलाई दशरथ रंगशालामै खेलाउने तयारी गरेको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले बन्दै गरेको दशरथ रंगशालामा खेल खेलाउन नमिल्ने जिकिर गरेको थियो ।
एएफसीले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएपछि एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानलाई प्रस्ताव गरेको थियो । कुवेतले भुटानमा भिषा, चिसो मौसम लगायत समस्या देखाउँदै नखेल्ने जनाएको छ । कुवेतको समस्या देखाउँदै एएफसीले फेरी एन्फालाई अर्को विकल्प दिन पत्राचार गरेको छ ।
एन्फा अहिले नयाँ स्थलको खोजीमा छ । कुवेतविरुद्धको खेल दशरथ रंगशालामा खेल्न नपाउँदा एन्फालाई एक करोडभन्दा बढी रुपैयाँ घाटा पनि लागेको छ । दशरथ रंगशालामा खेल भएको भए एन्फाले दर्शक शुल्कबाट मात्र एक करोड रुपैयाँ आम्दानी गर्ने थियो ।
यसअघि भुटानले पनि दर्शकबाट उठेको गेट मनी एन्फालाई नै दिने जनाएको थियो । कुवेतको अस्वीकारपछि एन्फालाई थप संकट परेको छ । छनोट अन्तर्गत यसअघि कुवेतमै खेलिएको पहिलो खेलमा नेपाल ७–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने