अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।
पत्रमा भनिएको छ– ‘मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पत्तिको नोक्सानी व्यहोर्नुपरेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना सञ्चालन गर्न कार्यालय र निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरूको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’
साथै मन्त्रालयले त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण