मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु

शुक्रबार, १४ वैशाख २०८१, १२ : ००
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । अभिनेता सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’ को दोस्रो चरणको छायाङ्कन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायाङ्कन सकाएको फिल्मले दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको मैकोटमा सुरु गरेको हो ।

निर्देशक अशोक थापामगरले बिहीबारबाट फिल्मको छायाङ्कन सुरु भएको बताए । यो चरमा फिल्म रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने उनले जानकारी दिए ।

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले प्रेमकथा कथाका रूपमा उठाएको छ । फिल्मको कथा जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेम बताइन्छ ।  एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापामगरले नै तयार पारेका हुन् । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए ।

डकुमेन्ट्रीबाट निर्देशन थालेका निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् । फिल्मका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुन् ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापामगरको गीत  रहनेछ । फिल्मको आगामी असोज ३ गते प्रदर्शन हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप