फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
काठमाडौँ । अभिनेता सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’ को दोस्रो चरणको छायाङ्कन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायाङ्कन सकाएको फिल्मले दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको मैकोटमा सुरु गरेको हो ।
निर्देशक अशोक थापामगरले बिहीबारबाट फिल्मको छायाङ्कन सुरु भएको बताए । यो चरमा फिल्म रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने उनले जानकारी दिए ।
मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले प्रेमकथा कथाका रूपमा उठाएको छ । फिल्मको कथा जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेम बताइन्छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापामगरले नै तयार पारेका हुन् । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए ।
डकुमेन्ट्रीबाट निर्देशन थालेका निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् । फिल्मका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुन् ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापामगरको गीत रहनेछ । फिल्मको आगामी असोज ३ गते प्रदर्शन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण