लामोसाँघु जिरी सडक खण्डमा बस दुर्घटना, १ जनाको मृत्यु
बुधबार, ०४ मङ्सिर २०७६, १९ : ३०
दोलखा । लामोसाँगु जिरी सडकखण्ड अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङगेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सडकमा रोकिराखिएको बा ३ ख २९९७ नम्बरको बस व्याक भएर एक्कासी पल्टिँदा वैतेश्वर गाउँपालिका ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको हो । बस मिर्गेबाट काठमाडौतर्फ गइरहेको बताइएको छ ।
राजधानीबाट आवतजावत गर्ने सो सडकखण्ड विस्तारको काम २ वर्षदेखि अलपत्र हुँदा दुर्घटना हुने क्रम बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?